KTM Post Logo
KTM Post Logo

सरकारले नदीको अवस्था र जोखिमबारे हरेक घण्टा अध्यावधिक सूचना दिने

📰
KTM Post

काठमाडौं । सरकारले पर्सि शुक्रबारदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना दिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो । जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिए ।

सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे । तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ । शुक्रबार र शनिबार अतिआवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ । यस्तै सडक खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उनले बताए । साथै, बाढी आएका बेला टिकटक बनाउन, भिडियो खिच्न वा खोलामा दाउरा सङ्कलन गर्न नजान प्राधिकरणले कडा चेतावनी दिएको छ ।

देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूमार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिए । यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...