महादेशीय कलाको संग्रहालय
भवानी बराल
अन्तत : पृय मित्र हरि सुब्बा तुम्बाहाङ्फे (तेह्रथुम)को संयोजनमा डलास कला संग्राहलय घुम्ने मौकामिलीहाल्यो । यो संग्राहलय एक दिन लगाएर हैन कैयौं दिन लगाएर हेर्नु पर्ने रहेछ । यो संग्राहलय पुग्दा कला,संस्कृति र सभ्यताको धनी एसिया र अफ्रिका महादेश पर्ने रहेछन भन्ने निश्कर्षमा पुग्न सकिने रहेछ । यसरी नैसांस्कृतिक सभ्यतामा पनि एसिया नै अघिल्लो पङ्तिमा रहेको बुझिन्छ । यो संग्राहलयले अमेरिकी कला,संस्कृति र सभ्यता उजगार गर्न तेती सकेको छैन । अमेरिकी सभ्यता र संस्कृति भन्नु नै त्यहाँका कुल नेटिभअमेरिकनकै सभ्यता र संस्कृति हो । त्यो नेटिभ सभ्यता पनि विकसित हुन नपाइ जनजातीय (ट्राइभल)अबस्थामै संकुचित छ । र, विकास अबरुद्ध भएको छ । अमेरिकी सभ्यतालाइ कुल पश्चिमा युरोपेली सभ्यताकैकपी मान्न सकिन्छ । चीनको महान सभ्यता, बौद्ध सभ्यता, हिन्दू सभ्यता, इस्लाम सभ्यताले पनि एसियालाईनै चारचाँद लगाएको छ । काष्ठ कला, मुर्ति कला, थाङका कला, फाइन आर्टमा पनि एसिया र अफ्रिका नै
अगाडि देखिन्छ ।डलास म्युजियम अफ आर्ट (Dallas Museum of Art, DMA) अमेरिकी राज्य टेक्सासको डलास सहरकोआर्ट्स डिस्ट्रिक्टमा रहेको एक प्रमुख कला संग्रहालय हो । यो संयुक्त राज्य अमेरिकाका ठूला कला संग्रहालयहरु
मध्ये एक मानिन्छ । यो संग्राहलय सन् १९०३ मा डलास आर्ट एसोसिएसनको रुपमा सुरु भयो । सुरुमा यसलेपुस्तकालयमा कला प्रदर्शन गर्थ्यो । पछि यसले विभिन्न स्थानहरु फेर्दै १९८४ मा हालको भवन (एडवर्डल्याराबी बार्न्सद्वारा डिजाइन गरिएको) मा सरेको हो । यसको ठेगाना १७१७ नर्थ हारवुड स्ट्रिट, डलास हो ।डलासको कला जिल्लामा रहेको यो संग्रहालय केवल चित्रकला हेर्ने ठाउँ मात्र नभई विभिन्न देश, सभ्यता रकालखण्डका मानिसले सिर्जना गरेका कला र सांस्कृतिक सम्पदालाई एउटै ठाउँमा बुझ्न सकिने महत्वपूर्णसांस्कृतिक संस्थान हो । संग्रहालयको संग्रहमा पाँच हजार वर्षको मानव सिर्जनशीलता समेटिएका २५ हजारभन्दा बढी कलाकृति छन् ।
संग्राहलयको विशेषता
संग्रहालयमा अफ्रिकी, एसियाली, युरोपेली, अमेरिकी, प्राचीन, आधुनिक तथा समकालीन कला लगायतविभिन्न विधाका सामग्री छन्। चित्रकला, मूर्तिकला, कागजमा बनाइएका कला (थाङका), सजावटी कला रस्थापनाकला (installation) जस्ता माध्यमहरु पनि संग्रहमा छन् । विशेषगरी भारत, हिमालय, दक्षिणपूर्वीएसिया तथा इस्लामी कलासम्बन्धी संग्रह पनि उल्लेखनीय छ। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया रहिमालयसम्बन्धी संग्रहमा भारतीय, हिमालयी, खमेर तथा थाई कलाका सामग्रीसहित ४५० भन्दा बढी कृतिरहेको विवरण संग्रहालयले दिएको छ ।
संग्रहालयमा मिल्ड्रेर आर र एम फ्रेड्रिक पुस्तकालय (Mildred R. and Frederick M. Mayer Library)
पनि छ । यो पुस्तकालयमा कला र कलाकारसम्बन्धी एक लाखभन्दा बढी पुस्तक, जर्नल, कलाकारका फाइलतथा कला लिलामी सूचना (auction catalogue) छन् । यसले कला अनुसन्धानका लागि पनि संग्रहालयलाईमहत्वपूर्ण बनाएको छ । कुनै कलाकृति कहाँबाट आयो, कसको स्वामित्वमा थियो र संग्रहालयमा कसरीआइपुग्यो भन्ने विषयलाई स्वामित्वको इतिहास (provenance) अनुसन्धानका रुपमा संग्राहलयले महत्वदिएको छ । यसका लागि पुराना कागजात, खरिद–बिक्री अभिलेख, दानसम्बन्धी कागजात, प्रदर्शनी इतिहासआदि अध्ययन गर्न सकिन्छ ।
अचम्म लाग्ने कला
यो संग्राहलयमा अचम्म लाग्ने एउटा कला कृति पनि छ । त्यो ‘नेक अम्फोरा’ जार (Neck Amphora Jar) हो ।
६००-५०० विसिइ अंकित यो जार एट्रस्कन संस्कृति (Etruscan Calture) इटाली उल्लेख गरिएको छ । सन्१९६६ मा इटालियन नागरिक दम्पत्तिले उपहार दिएको लेखिएको छ । माटोबाट बनाइएको यो जारको नाम‘अम्फोरा’ छ । जुन नेपालीहरुले पानी खाने ‘अंखोरा’संग हुबहु मिल्छ । भाषिक परिवारको दृष्टिले नेपाली भाषाभारोपेली भाषा परिवारको हो । भारोपेली भाषा भारत+युरोपेली मिलेर भारोपेली भएको हो । नेपालीमाअंखोरा भनिनु र इटालियन भाषामा सम्फोरा भनिनुमा संयोग मात्रै हो कि ? भाषा परिवार भित्रको साझा शब्द हो ?

यसरी नै महामानव सम्बन्धका अनेक मुर्तिकलाहरु पनि अनौठा र अचम्म लाग्दा छन । परम्परागत बौद्धमुर्तिहरु भविष्यमा अवतार लिने बुद्धका अनेकान मुर्तिहरु संग्रहलयमा संग्रहित छन । कम्बोडिया, थाइलेण्ड,भियतनाममा कुँदिएका अनौठा बुद्ध मुर्तिहरु सजाएर राखिएका छन् । भविष्यको बुद्धको मुर्तिको कला कल्पनाअझै बेजोड हो मुर्ति कला अध्ययन पारखीहरुका लागि ।

यसका अतिरिक्त दक्षिण भारत तामिलनाडुबाटपुर्याइएको मञ्जुश्रीको मुर्ति यहाँ पाइनु आश्चर्यजनक छ ।

यस्तै १८ ओ १९ ओं शताब्दीमा तिब्बतबाट ल्याइएकै मञ्जुश्रीको अर्को मुर्ति पनि छ । यस्तै मुगलकालका काठ तथा धातुका मुर्तिहरु अध्ययनयोग्य छन ।
संग्रहमा २५ हजारभन्दा बढी कलाकृतिहरु छन् । यी हलहरुले करिब ५ हजार वर्षको इतिहास समेट्छन् ।यसमा अमेरिका, अफ्रिका, एसिया, युरोप, प्यासिफिक द्वीपहरु, प्राचीन अमेरिका, समसामयिक कला, सजावटकला आदि समावेश छन् । प्रसिद्ध कलाकारहरुमा क्लाउड मोने, पाब्लो पिकासो, भिन्सेन्ट भ्यान गग, जर्जियाओ’किफ, एडवर्ड हपर आदि छन् ।
यस अर्थमा डलास कला संग्राहलय (Dallas Museum of Art) लाई डलासको एउटा कला संग्रहालय मात्र
होइन विश्वका विभिन्न सभ्यता, संस्कृति र मानव सिर्जनशीलतालाई एउटै ठाउँमा जोड्ने सांस्कृतिक केन्द्र भन्न
सकिन्छ । विशेषगरी इतिहास, संस्कृति, कला र सभ्यताको अध्ययनमा रुचि राख्ने व्यक्तिका लागि यो निकैउपयोगी स्थान हो ।
एक वाक्यमा : डलास कला संग्राहलय भनेको पाँच हजार वर्षको मानव कला–इतिहास बोकेका २५ हजारभन्दा बढी कलाकृति समेटिएको विश्वव्यापी कला र सांस्कृतिक सम्पदाको संग्रहालय हो।
सामान्य प्रवेश निःशुल्क छ (२०१३ देखि) रहेछ । विशेष प्रदर्शनीका लागि भने टिकट लाग्ने रहेछ । डलासआर्ट्स डिस्ट्रिक्टको सबैभन्दा ठूलो संग्रहालय हो र शिक्षा, कार्यक्रमहरु तथा विविध प्रदर्शनीका लागि पनि
चर्चित छ। थप जानकारीका लागि आधिकारिक वेबसाइट (dma.org) मा हेर्न सकिन्छ ।
सम्बन्धित समाचार
नक्खु जेलब्रेक, यातना र संघर्षहरु
घनेन्द्र वस्नेतनेपालको पूर्वोत्तर जिल्ला भोजपुरको कुलुब गाविसको टाहार गाउँको सामान्य मध्यम किसान परिवारमा वि.सं...
३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता
महेश्वर दाहालपुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो...
भू-अर्थशास्त्रकाे नयाँ युग र नेपाल
सुमन सुवेदीसोभियत सङ्घको विघटनपछिका तीन दशकसम्म अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रको मुख्य सिद्धान्त उदारवादबाट निर्देशित थियो । तत्कालीन नीति...
राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न
भवानी बरालनेपालको विविधता ःनश्लको हिसाबले नेपाल मंगोल, आर्य, अष्ट्रो र द्रबीड परिवारका असंख्य जाति समुदाय बसोबास गर्ने देश हो । यसरी नै भाषा परिवारको...




