KTM Post Logo
KTM Post Logo

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

📰
KTM Post

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले निर्वाचनमा भएको पराजयलाई कानुनी रूपमा स्वीकार गर्नु र राजनीतिक अडान त्याग्नु फरक विषय भएको स्पष्ट पारेका छन् ।

'पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन,' उनले भने, 'म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु ।' एमालेले पराजयलाई गम्भीर शिक्षा तथा भावी विजयका लागि सुनौलो अवसरका रूपमा आत्मसात् गरेको बादलको दाबि थियो ।

प्रधानमन्त्री बालेन शाहको राष्ट्रसंघको महासभाको संवोधनलाई इंगित गर्दै थापाले विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका संकटको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको भनाई राखे ।

नेता थापाले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकोमा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको बताए ।

विश्वमा भइरहेका राजनीतिक, आर्थिक र सांस्कृतिक घटनाक्रमको विश्लेषण गर्दा नयाँ विश्व व्यवस्था निर्माणका विभिन्न प्रवृत्ति देखिएको थापाको भनाइ थियो । उनले सैन्य हस्तक्षेप, आक्रमण, सरकार परिवर्तन, नागरिक अधिकारको हनन तथा राज्यका संस्थामाथि हस्तक्षेपजस्ता गतिविधिमार्फत नयाँ विश्व व्यवस्था निर्माण गर्ने प्रयास भइरहेको आरोप लगाए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत उनले यही अन्तर्राष्ट्रिय परिवेशसँग जोडेर व्याख्या गरे ।

एमालेका उपाध्यक्ष समेत रहेका नेता थापाले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले एमालेको राजनीतिक अडान स्पष्ट रहेको सभालाई स्मरण गराए ।

थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई उनले 'फासीवादी'को संज्ञा दिँदै सरकार गठन भएको करिब ६ महिना पुगेको स्मरण गराए ।

सरकार र जेन जी आन्दोलन बारे नेता थापाले हरेकपटक संसदमा बोल्ने क्रममा कडा टिप्पणी गर्दै आएका छन् ।

०७९ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको एमाले गत फागुन २१ को निर्वाचनमा तेस्रोमा खुम्चिएको छ । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ४४ स्थानमा जित हासिल गरेको एमालेले योपटक ९ स्थान मात्र जितेको छ । ४१ स्थानमा निकटतम प्रतिद्वन्द्वी भएको छ भने ४९ स्थानमा जमानत जफत भएको छ ।

२१ फागुनको निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि पदाधिकारी तहका सबै उम्मेदार पराजित भएका थिए । थापा एमालेको समानुपातिकतर्फबाट प्रतिनिधिसभामा आएका हुन् र चैत १८ गते उनी संसदीय दलको नेतामा निर्विरोध चयन भएका थिए ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही 1

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

जहाँको विद्यालयमा रोल नम्बर तेह्र नै हुँदैन 1

जहाँको विद्यालयमा रोल नम्बर तेह्र नै हुँदैन

अस्मिता क्षेत्रीझट्ट सुन्दा सुरुमा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । नेपालको सुगम स्थानको जिल्ला सदरमुकाममा अवस्थित एउटा...