KTM Post Logo
KTM Post Logo

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ चालक ट्राफिक कारबाहीमा, ६८ जना मापसेमा परे

📰
KTM Post

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने ३३१ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा बिहीबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ६८ जना रहेका छन्। त्यस्तै सिसिटिभी मार्फत निगरानी गरी ४० जना, तीव्र गतिमा सवारी हाँक्ने ४४ जना र रातोबत्तीको इसारा उल्लंघन गर्ने १० जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यसैगरी, अनावश्यक हर्न बजाउने ६ जना, लेन अनुशासन पालना नगर्ने ६ जना, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराख्ने ५ जना र एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने ५ जनालाई पनि कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने थप १४७ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल 1

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही 1

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...