KTM Post Logo
KTM Post Logo

काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना

📰
KTM Post

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८४ जना रहेका छन्। त्यस्तै सिसीटिभीमार्फत निगरानी गरी ३९ जना र रातो बत्तीको उल्लंघन गर्ने ६ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएको १ जना, एकतर्फी सडकमा सवारी हाँक्ने २ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ७५ जना चालकलाई कारबाही गरिएको छ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल 1

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही 1

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...