कृष्णभीर नजिकै लेदोसहित पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।धादिङ प्रहरीका अनुसार शुक्रबार बिहान कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी भाग अवरुद्ध भएपछि अहिले सवारीसाधनलाई पालैपालो सञ्चालन गराइएको प्रहरीले जनाएको छ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको बताइएको छ।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० र १४ गते आएको ठूलो बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो। लामो समयको प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।
राजमार्ग सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो खसेपछि यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले कृष्णभीरसहित धादिङको राजमार्ग क्षेत्रमा सडकको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...




