मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, सवारी आवागमन बन्द!
काठमाडौं । लगातार भइरहेको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अविरल वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको हो।
प्रशासनका अनुसार सडकखण्डमा पहिरो हटाउने काम भइरहेको छ। तर वर्षा निरन्तर भइरहेकाले एक ठाउँमा पहिरो हटाएलगत्तै अर्को स्थानमा पहिरो खस्ने जोखिम रहेको छ।
सडकमा पहिरो हटाउने तथा सडकलाई सुरक्षित बनाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ।
सडक बन्द भएपछि यस मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई तत्काल यात्रा नगर्न तथा आफ्नो यात्रा सोहीअनुसार व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ। वर्षा नरोकिएसम्म सडकखण्डका अन्य स्थानमा समेत पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सडक खुलाउने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र अवस्था हेरेर पुनः सूचना जारी गरिने प्रशासनले जनाएको छ।
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...




