KTM Post Logo
KTM Post Logo

पोप लियो चौधौँ फ्रान्स भ्रमणमा

📰
KTM Post

पेरिस । पोप लियो चौधौँ शुक्रबार फ्रान्स आइपुगेका छन् । फ्रान्समा यो उनको १८ वर्षपछिको पहिलो आधिकारिक भ्रमण हो ।

यस भ्रमणमा कृत्रिम बुद्धिमत्ता (एआई), धार्मिक आस्थावान युवाहरूसँगको भेट र भविष्यमा यूरोपको एजेन्डा के हुने भन्ने बिषयलाई केन्द्रमा राखी भेटघाट छलफल तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

गत वर्ष पोपमा निर्वाचित लियो चौधौँकी हजुरआमा ९बुवाकी आमा० फ्रान्समा जन्मिएकी थिइन् । उनी स्थानीय समयअनुसार शुक्रबार बिहान करिब १०ः ०० बजे पेरिस नजिकै अवतरण गर्दा देशभर चर्चका घण्टीहरू बज्न थालेका थिए । उनी चार दिनसम्म फ्रान्समा रहनेछन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनकी पत्नी ब्रिजिटले विमानस्थलमा ७१ वर्षीय पोपलाई स्वागत गरेका थिए । भ्याटिकन प्रमुख पोप बेनेडिक्ट सोर्हौंको सन् २००८ सेप्टेम्बरपछिको यो उनको पहिलो आधिकारिक भ्रमण हो।

“म फ्रान्समा पनि संसारको जुनसुकै ठाउँमा जस्तै येशू ख्रीष्टका अनुयायीका रूपमा यात्रा गर्दैछु, जसले संसारभर ख्रीष्टको शान्ति घोषणा गर्न चाहन्छ,” पोप लियोले विमानमा पत्रकारहरूसँग भने ।

उनले यो सन्देश ‘अहिलेको समयमा विशेष रूपमा महत्वपूर्ण’ रहेको बताए । पेरिसका विभिन्न कार्यक्रमहरूमा पहिलो दुई दिनमा करिब १० लाख मानिसहरूको उपस्थिति अपेक्षित छ ।

म्याक्रोँलाई प्रतिस्थापन गर्ने र दक्षिणपन्थी शक्ति हावी हुनसक्ने अनुमान गरिएको निर्वाचन हुन सात महिना मात्र बाँकी रहँदा पोपले एआईले निम्त्याएको जोखिम, बसाइँसराइ सङ्कट, पादरीहरूद्वारा हुने यौन दुर्व्यवहार र युरोपमा शान्ति जस्ता विषयहरूमा कुरा गर्ने अपेक्षा गरिएको छ ।

संसारका १.४ अर्ब क्याथोलिकहरूका नेता पोप लियोले शुक्रबार राष्ट्रपति म्याक्रोँसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले युनेस्को मुख्यालयमा एआईलाई नियमन गर्नुपर्ने आवश्यकतामा केन्द्रित सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

पेरिसपछि पोप लियो दक्षिण–पश्चिमी फ्रान्सको लुर्द जाने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन 1

चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन

चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।चिनियाँ राष्ट्रपति सी चिनफिङले...

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ 1

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ

काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...