KTM Post Logo
KTM Post Logo

रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु

📰
KTM Post

काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ।

शैली थिएटरको आयोजनामा शुक्रबारदेखि सुरु भएको थिएटर सप्ताह एक सातासम्म सञ्चालन हुनेछ। शैली थिएटर रसियन हाउसको लामो समयदेखिको साझेदार संस्था हो।

कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमल्सिनाले गरे। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालका लागि रुसी दूतावासका मिनिस्टर–काउन्सिलर रिन्चेन रक्षोभ, थिएटर तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र आमन्त्रित अतिथिको उपस्थिति थियो।

कार्यक्रमको सुरुवात परम्परागत रूपमा पानसमा दीप प्रज्वलन गरेर गरिएको थियो। त्यसपछि स्वागत मन्तव्यसहित कार्यक्रम अघि बढाइएको थियो।

रुसियन हाउसकी प्रमुख तथा निर्देशक अनास्तासिया खोख्लोभाले नेपाल–रुसबीचको सांस्कृतिक सम्बन्धका लागि यस वर्षको वार्षिकोत्सव विशेष महत्वको रहेको बताइन्।

कार्यक्रममा मन्त्री तिमल्सिनाले विद्यार्थी जीवनदेखि नै रुसी साहित्यकार अन्तोन चेखभ आफ्नो प्रिय लेखक रहेको बताए। उनले मञ्चमा प्रस्तुत नाटकलाई ‘कलाकारबारेको गीत’ का रूपमा व्याख्या गर्दै आफूलाई खोज्दै हिँड्ने र अन्ततः आफूलाई भेट्टाउने कलाकारको कथा रहेको बताए।

रक्षोभले थिएटर जीवन जिउने विशेष शैली भएको बताए। उनले नेपाल–रुस कूटनीतिक सम्बन्धको वार्षिकोत्सवका अवसरमा सांस्कृतिक परम्परालाई निरन्तरता दिएकोमा शुभकामना दिए।

थिएटर सप्ताहको पहिलो दिन अन्तोन चेखभको एकाङ्की नाटक ‘स्वान सङ’ ९नेपालीमा ‘अन्तिम गीत’० प्रस्तुत गरिएको थियो। नवराज बुढाथोकीको निर्देशन रहेको नाटकको नेपाली अनुवाद शैली थिएटरका सल्लाहकार महेश पौड्यालले गरेका हुन्।

नाटकमा नेपाली रंगमञ्चका वरिष्ठ कलाकार सुनील पोखरेलले मुख्य भूमिका निर्वाह गरेका छन्। उनको मञ्चीय सहयात्रीका रूपमा सब्बु गुरुङले अभिनय गरेकी छन्।

चेखभको उक्त मोनोलगमा वृद्ध अभिनेता भासिली भासिलियेभिच स्विदलोभले बोल्ने ‘ब्राभो१ एन्कोर१ ब्राभो१ यहाँ उमेरले के फरक पार्छ र१’ भन्ने संवादले साँझको प्रस्तुतिको भाव झल्काएको थियो।

‘स्वान सङ’ स्मृति, एक्लोपन र उमेरले छेक्न नसक्ने प्रतिभाको कथा हो। नाटकले जुनसुकै देशका दर्शकलाई पनि सहज रूपमा छुने विषय प्रस्तुत गर्छ।

थिएटर सप्ताहअन्तर्गत सर्वसाधारणका लागि सेप्टेम्बर १९ देखि २१ सम्म दैनिक दुईपटक दिउँसो २ः३० र साँझ ५ः३० बजे रुसियन हाउसमा नाटक प्रदर्शन गरिनेछ।

सप्ताहको अर्को प्रस्तुतिका रूपमा महेश पौड्यालको मौलिक नेपाली नाटक ‘भावमल्ली’ मञ्चन हुनेछ। नवराज बुढाथोकीको निर्देशन रहने नाटकमा शैली थिएटरका कलाकार आकाश भुजेल जैसीसहित अन्य कलाकारले अभिनय गर्नेछन्। नाटकमा पद्मकन्या बहुमुखी क्याम्पसको संगीत विभागले सांगीतिक साथ दिनेछ।

नेपाल र रुसबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीचको सम्बन्ध स्थापनाको ७० वर्षमा संस्कृति मित्रताको महत्वपूर्ण सेतुका रूपमा रहँदै आएको छ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल 1

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही 1

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...