उपत्यकामा २४ घण्टामा १८१ सवारी चालक ट्राफिक कारबाहीमा, ४२ जना मापसेमा समातिए
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १८१ जना सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकिङ तथा अनुगमनका क्रममा आइतबार बिहानसम्म ती चालकहरूलाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ४२ जना चालक रहेका छन्। यसैगरी, सीसीटीभी क्यामेराको निगरानीमार्फत नियम उल्लंघन गर्ने ४९ जना र रातो बत्तीको इसारा उल्लंघन गर्ने १५ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, यान्त्रिक अवस्था ठिक नभएको सवारीसाधन चलाउने १ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने २३ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...




