KTM Post Logo
KTM Post Logo

६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न

📰
KTM Post

काठमाडौं। ६ महिने तलबी प्रसूति बिदाको व्यवहारिकताबारे संसद्‌मा प्रश्न उठेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यसको व्यावहारिक कार्यान्वयनप्रति प्रश्न गरेका हुन् ।

मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले आमालाई ६ महिनाको बिदा र बाबुलाई ४२ दिनको बिदा दिने प्रस्तावबारे धारणा राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले बिदाको अवधारणा राम्रो भए पनि कार्यान्वयनमा जटिलता रहने बताइन् । “६ महिना बिदा व्यवहारिक छ कि छैन ? हामीले गैर सरकारी संस्थालाई पनि समावेश गर्ने भनेका छौँ,” उनले भनिन्,ुु बिदा मात्रै आवश्यकता हो कि कार्यस्थल बालबच्चा मैत्री बनाउनु पनि आवश्यकता हो ? ”

सुत्केरी हुने बित्तिकै ६ महिना बिदाको सट्टा त्यसलाई दुई चरणमा दिनु व्यवहारिक हुने बास्कोटाको भनाइ छ ।

राप्रपाकी सचेतक खुस्बु ओलीले निजी र गैर सरकारी क्षेत्रमा कार्यरत महिलाले पनि यो व्यवस्थाअन्तर्गतको बिदा पाउने सुनिश्चितता गर्नुपर्ने बताइन् । निजी तथा गैरसरकारी संस्थामा त्यसको उल्लंघन भए हुने कारबाहीबारे स्पष्ट तोकिनुपर्ने उनको भनाइ छ । ुुसरकारी मात्रै होइन निजी र गैर सरकारी क्षेत्रमा कार्यरत महिलाले पनि यो अधिकार व्यवहारमा नै पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ ?” उनको प्रश्न छ ।

नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान कानुनअनुसार ९८ दिन बिदामा रहेकाहरूको हकमा पनि यो बिदा कार्यान्वयनमा आउनुपर्ने माग सांसदहरूको छ ।

विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ । “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा छ महिनासम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ,” मूल ऐनको दफा १३ (१) संशोधन गर्न प्रस्ताव गरिएको छ ।

हाल कायम रहेको ऐनमा ९८ दिन बिदा दिने व्यवस्था छ । उक्त व्यवस्था बढाउन लागिएको हो । त्यस्तै, सुत्केरी महिलाकी श्रीमान्‌लाई ४२ दिनसम्म तलबसहित प्रसूति स्याहार बिदा दिने प्रस्ताव छ ।

“प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको ४२ दिनसम्मको प्रसूति स्याहार बिदा पाउनेछ,” दफा १३ को (५)को सट्टा राख्ने भनिएको छ ।

सम्बन्धित समाचार

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म 1

यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल 1

पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका 1

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...